तीन वर्षदेखि भारतबाट वेपत्ता श्रीमान दिपकको खोजी गरिदिन पूजाको गुहार

Image
Nisarga Hospital

डोटी: कामको शिलशिलामा भारत गएका तर तीन वर्षदेखि वेपत्ता रहेका श्रीमान दान बहादुर चन्द (दिपक) को खोजी गरिदिन उनकी श्रीमती पूजा चन्दले सार्वजनिक रुपमा गुहार मागेकी छन् ।बैतडीको साविक बसन्तपुर गाउँ विकास समिति–१, हाल पाटन नगरपालिका–५ कद्वारका ३५ वर्षिय श्रीमान दिपक भारतको पञ्जाबबाट तीन वर्ष यता सम्पर्कविहीन भएको दुःखेसो गरिन् ।

CP Hospital Dhangadhi

भारतमा काम पनि नपाएको र पैसा नभएर घर फर्किन समस्या भएको भन्ने खबर पाएपछि पूजाले नेपालबाट दश हजार रुपैंया पठाइन् र दिपकले बसको टिकट काटेर नेपाल फर्किन लागेको खबर दिएको जनाईएको छ । तर करिब हप्ता दिनपछि दिपकले आफु नेपाल नआएको र भारतमै रहेको खबर दिए । त्यसपछि भने दिपक र पूजाको सम्पर्क टुटेको जनाईएको छ ।आफुलाई श्रीमानले नै कोठा भाडामा राखेर भारत गएको र हाल कैलालीको मोहनपुर गेटामा कोठा भाडामा बस्दै आएको पूजाले बताइन् ।श्रीमान वेपत्ता भएसँगै एक विस्कुट कम्पनीमा आफुले लेबरी काम गर्दै गुजारा चलाईरहेको पूजाले बताईन् ।

Attariya Hospital

कक्षा ७ मा पढ्दै गरेकी पूजाकी छोरी दिपिका पनि सँगै छिन् ।डोटीको शिखर नगरपालिका – ६ तल्कोट माइती घर भएकी पूजाले माइतीतर्फ बुबा बितिसकेको र दाजुभाइ नभएको बताएकी छन् ।पूजाका श्रीमान दिपकको फेसबुक प्रोफाइलमा काम गर्ने स्थान जि.के.हस्पिटालिटी सर्भिस, लुधियाना पञ्जाब इण्डिया भनेर उल्लेख गरेको देखिन्छ ।

nawajiwan

आफ्ना श्रीमान वेपत्ता भए पनि अहिलेसम्म खोजबिनका लागि कुनै पहल गर्न नसकेको र जे जस्तो अवस्थामा भए पनि खोजी गरिदिन पूजाले सार्वजनिक अपिल गरेकी छिन् ।कसैले फेला पारेमा पूजाको मोबाइल नं. ९८६५८१३४४९ मा र माइतितर्फ उनकी काकी नाता पर्ने लक्ष्मी मल्लको फोन नं. ९८६५८३७३४५ मा सम्पर्क गरी खबर गरिदिन अपिल गरेकी छन्