टिप्पर दुर्घटनामा सहचालककाे मृत्यु

Image
Nisarga Hospital

बैतडी: बैतडीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकाे मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल रहेका छन्। राेहितकाे घटनास्थलमै मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरिक्षक नन्दराज जाेशीले बताउनुभयो ।

CP Hospital Dhangadhi

मेलौलीबाट पाटन तर्फ गईरहेको सुप्रप ०१ ००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हाे।

दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ बर्षीया गम्भीर टमटा सामान्य घाईते भएका छन। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेकाे छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।