
अङ्ग्रेजी किताब पढ्न नजान्दा
आहा कस्तो नमज्जासँग
कुट्नु हुन्थ्यो है सर”
“लठ्ठी ले”

ती सानासाना बैनिहरुलाइ
भाइहरुलाइ र मलाइपनि ”
अहिले याद आउँछ!
“धन्य समय ”
अहिलेको जस्तो मेरो होस्
पहिले भैदिएको भए
सायद मसँग पढ्ने
बिध्यार्थी कसैले पनि
एक लठ्ठी खान पर्ने थिएन होला!




सय लठ्ठी भाचिए होलान् मेरो हातमा हान्दा हान्दा तर मैले A B C D E पनि जान्न सकेन कहिले तपाइले पढाइएको !
किनकी मेरो दिमागमा
तपाइको कुटाइको मात्रै
छाप बसेको थियो!
लठ्ठीको छाप मात्रै बसेको थियो!
तपाइको प्रेट नआए हुन्थ्यो सोच्थे!
तपाईं कक्षा कोठाबाट छिटो गए हुन्थ्यो सोच्थे!
सरकारले नेपालबाट अङ्ग्रेजी बिसय हटाइदिए
हुन्थ्यो सोच्थे!
राती निन्द्रा हुँदैन थियो
आज मिनिङ याद भएन
भोलि सरले लठ्ठी बजाउँछन् भनेर सोच्थे!
राती सपनामा पनि लठ्ठी लठ्ठी भन्थे!
म पछाडि बस्थे त्यो लठ्ठी अगाडि बसेका विद्यार्थीलाइ हान्दा हान्दै
भाचिए हुन्थ्यो सोच्थे
मलाइ हातले हान्दिए हुन्थ्यो सोच्थे!
अङ्ग्रेजी किताब पढ्न नजान्दा
लठ्ठी खुब खान्थे!
लठ्ठी -लठ्ठी
पारस भट्ट ” प्यासी ”
मेलौली दुई “सुन्दरभुमी” सेलि बैतडी































