गरिबहरूको कथा धनिले लेख्छ सधै भरी किन,
गरिखाने उसैको भमोरीभित्र पर्छ घरी-घरी किन।
पढेका धनमान नै हुन्छन् सयलाई हजार बनाउँने,
सदियौँ देखि गरिब माथि गर्दै आए मनपरी किन।
नियम मिच्ने उनै कानुन् मिच्ने उनै धनमानहरूले,
गरिब जनता बस्छन समाजमै सधै डरी-डरी किन।
जो गर्छ अपराध र भ्रष्टाचार हिंड्छ छाती खोली,
सोझा जनताहरूको आँखामा यो बर्षे झरी किन।
अल्छिहरूको स्वर्गमा श्रमजिविहरूको नर्क भयो,
खान लगाउँन छैन गर्नुपर्छ काम मरी-मरी किन।
बुझ्नु पर्यो ए भरिया परदेशमा भारी बोक्ने कुल्ली,
दबिएर कुल्चिएर छुट्टाछुट्टै बसेका छौ यसरी किन।
॥१॥
नागरिक लाई देशको समूर्ण अधिकार हुन्छ,
देशलाई कता डोराउँने चिन्ता लगातार हुन्छ।
यो देशमा त उनैले चुनेर पठाएका प्रतिनिधी,
किनहो साम्राज्यवाद सँग अघात प्यार हुन्छ।
आम माफी पाउँछन् अपराधीहरूले सधैभरी,
महंगी उस्तैछ, बलात्कार उस्तै भ्रष्टाचार हुन्छ।
मानो र छानोको जो गर्न युवा पुग्यो खाडिमा,
मन्त्रीहरूको उसैको लाश सँग व्यापार हुन्छ।
आफ्नो छोराको लागि देशको नदी नै बेच्यो,
सडकमा त कहिले सदनभित्र मारामार हुन्छ।
अन्धविस्वासको पनि त सिमा छैन समाजमा,
भन्छन् पाप गय्रो पछि नर्कको भागिदार हुन्छ।
मान्छे जन्मिएपछि मर्दा सम्म भ्रममुक्त नहुँदा,
दुःख लाग्छ तर के भनौँ यस्तो बार- बार हुन्छ।
॥२॥
आज सङ्घीयताले देश खरानी बनायो,
इतिहाश नराम्रो देशको कहानी बनियो।
बच्चा बयासी हजार रिन लिई जन्मिन्छ,
नागरिकहरू को आखामा पानी बनायो।
देश परनिर्भर छ कसरी थेग्छ ऋण सधै,
सत्तालोभि कङ्गाल जानी जानी बनायो।
पक्ष र विपक्ष छुट्टाउँ नै गारो छ देशभित्र,
लोभिहरू जहिलेपनि मनोमानी बनायो।
आसे,पासे,गासे नेताहरूको भए चाकर,
युवाहरू तह लगाउँन राहादानी बनायो।
गाउँ सहर मा सिङ्गदरबार भन्नेहरू आफै,
भ्रष्टाचारी को अखाडा राजधानी बनायो।
॥३॥
एकता हुन्छ भने ओडार पनि घर हुनसक्छ,
परिवार भित्र बाचुञ्जेल राम्रो भर हुनसक्छ।
हामी प्रवाशी जीवनमा भाडामा बसेका थ्यौँ,
त्यो अनुभवपनि सङ्घर्षकै सफर हुनसक्छ।
तन् खियाएर पसिना बगाई आसियाना बन्यो,
एसैलाई संभारने यो मन भित्र रहर हुनसक्छ।
म जन्मिंदा ढुङ्गा माटोको चारपाखे घर थियो,
खरको छानो समेत मायाँको डगर हुनसक्छ।
कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले,
आफ्नै काल आफै भिरेको मफलर हुनसक्छ।
हिंड्दा हिंड्दै पराण कता अल्झिन्छ केथाहा,
सुख्ख हुँन्छ कसैलाई मनमा परपर हुनसक्छ।
हरेश नखानु मित्र जीवन सङ्घर्षकै सफर हो,
कहिले राम्रै कामको समेत वे-कदर हुनसक्छ।
॥४॥
राम्रो लागोस् नलागोस औंठाको स्टिकर जिन्दावाद,
मन राख्नलाई भएपनि लाईक सकभर जिन्दावाद।
सुख भोगि गरायो प्रविधीले सबै छन् रेडिमैन्ट याहाँ,
भएकाछान् प्रफुल्ल न लेखि शब्द हरहर जिन्दावाद।
जन्मोउत्सवमा केक समेत स्टिकरकै छ बधाई पनि,
पाइन्छ मम, चाउमिन उस्तै पाइन्छ बर्गर जिन्दावाद।
हेर्नै पर्दैन लेख्नै पर्दैन पढ्नै पर्दैन सबै छन् तयारिमै,
मनमा लाइक कमेटको मात्र हुनेगर्छ डर जिन्दावाद।
सबै भए,नेता सबै भए लेखक जो सँग नेट हुन्छ यहाँ,
उसैलाई आउँछ लेख्नेपनि धेरैको आफर जिन्दावाद।
ए मित्र छाड यो स्टिकरकै परमपरा लेख्ने बस्छ बानि,
रचनामा स्टिकर राख्दा हुन्छ यो मन् पर्पर जिन्दावाद।
॥५॥
सबै व्यास्थ हुन्छन् कसैलाई फुर्सत छैन,
देशको अबस्था कस्तो छ अबगत छैन।
गरिब भयो देश अल्छी नेताहरूले गर्दा,
संसारमा पहिलेको जस्तो इज्जत छैन।
गठबन्धन् भन्छन् अपबित्र हुन्छ एकता,
आलुको बोरी जस्तै भयो एउटै मत छैन।
खै बिपक्ष कुन पक्ष कुनहो छुट्टाउँन गारो,
कसैलाई विकासको देशमा जरूरत छैन।
भन्छन् गणतान्त्रिक सम्बिधान छ देशमा,
भ्रष्टाचार उस्तैछ नागरिकलाई राहत छैन।
कसले पताउँछ नेताकै बकवास सधैभरी,
यहाँ नियम कानुन छैन कत्ती बर्कत छैन।
यी देशका होनहार करणधार हुन बनाए,
बन्छन् प्रतिभा छ सरकारको नियत छैन।
सुरेशकुमार पाण्डे