कविता – मेरो छोरि मरेकी हैन् मारिएकी हो !

Image
Nisarga Hospital

पढे लेखेको थिइन् मेरो छोरी
कति बुझ्ने थिइन् मेरो छोरि
केही कुरामा पनि डर्दैन् थिन्,
कसैको भर पनि पर्दैन थिन्!
बुवा कापी किन्नु छ सय रुपिया दिनु भन्थि,
बुवा मेरो चिन्ता केही नलिनु भन्थी!

CP Hospital Dhangadhi

बिहान कलेज जाँदा पनि
म गए है भनेर जान्थी!
आमा त पहिले नै बितिसक्नु भएको थियो!
खाना पकाएर बुवा खानु भन्थी अनि आफू खान्थी
मेरो छोरा थिएन!

कहिले म दुखी हुँदा
मलाइ सम्झाउँथी
अनि भन्ने गर्थी
किन रुनुहुन्छ बाबा? म छुत”
छोरा भनेनी छोरी भनेनी
तपाईं किन चिन्ता गर्नु हुन्छ?
म छुत मेरो बाबाको लागि ”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

छोरी बिहान एक्लै कलेज गइ
जंगलको बाटो थियो
खै कुन पापिको पो आँखा लाग्यो !
कलेज नै पुग्न पाएन ,
मेरो छोरिले नयाँ कापिमा लेख्न पाएन!
साझ परिसक्यो छोरी घर आएन
गाउँमा हल्ला भयो किन घर आएन
खोज्न थाल्यौँ यता उता
आखिर एउटा रुखमा झुन्डिएको फेला परिन
मान्छेहरु भन्न थाले आत्महत्या गरेर मरिन !

म कसरी भनु मेरो छोरिले आत्महत्या गरिन् भनेर!
बुबाले खाना नखाए सम्मत उस्ले खाँदैनथि
रुन दिदैन थि कहिले
सधै आँसु पुछिदिन्थी
आज कसरी रुवाउन सक्थि?
कसैले सुनिदिएन मेरो कुरा
खै किन कसैले मनमा लिएन मेरो कुरा?
घटनाले अर्कै मोड किन लियो?
छोरीको शरीरमा डामै डाम थियो !

भित्री कपडामा रगत थियो!
पापी दुष्ट बलात्कारको सिकारमा परेकी हो,
मेरो छोरी मरेकी हैन मारिएकी हो!
तर बुझिदिएन कसैले
दोशी खोजिदिएन कसैले
आफैले आत्महत्या गरेको भन्ने
हल्ला चलाइदियो!
छोरीको दाहासस्कार भयो
चितामा जलाइदियो!

पारस भट्ट “प्यासी”
मेलौली दुई बैतडी

Dhnagadhi & Krishanapur