
म देखि यो समाजको रिस छ मैले घर बनाउँदैन!
मेरो खुट्टा काटि रहन्छन् मैले घर बनाउँदैन!
मेरो लागि ठुलठुला षड्यन्त्र रचिरहन्छ
मैले घर बनाउँदैन!

खै कुन दिन पो जेल हाल्छन् मैले घर बनाउँदैन!
कुन ठाउँमा पो मार्छन् मैले घर बनाउँदैन!
थाहा छैन् कतिदिन पो छु यो धर्तिमा,,
मैले घर बनाउँदैन !
मसँग धेरै धन सम्पती छैन मैले घर बनाउँदैन!
राम्रो ठाउँमा घरेडी छैन मैले घर बनाउँदैन!
मैले बिहे गरेको छैन मैले घर बनाउँदैन !
म र आमा मात्र छौँ मैले घर बनाउँदैन!




बुवा नभए पनि बुवाले बनाएको सानो झुपडी छदैं छ,,
मैले घर बनाउँदैन!
बाचुन्जेल झुपडी मै बस्छु ,,
मैले घर बनाउँदैन!
मलाइ धेरै बाच्न दिने हैनन् मैले घर बनाउँदैन!
भो भो मैले घर बनाउँदैन!
पारस भट्ट “प्यासी”
मेलौली दुई “सुन्दर
भुमी “सेलि बैतडी































