
अखण्ड देशको लागि पराणको बलिदान दिए,
मुक्ती गराए स्वतन्त्रताको उनैले पहिचान दिए।

कसैलाई झुण्डायो राणाले कसैले खाए गोली,
झुकाएनन् सिर कटाए बरू नयाँ उखान दिए।
एक थोपा आँसु बगाउँ हामी नेपाली जनताले,
सहिदको नाउमा स्वतन्त्रतालाई सम्मान दिए।




धर्मभक्त,शुक्रराज,गंगालाल र दशरथ चन्द ले,
यो देशका जनताहरूलाई आफ्नो परान दिए।
ए नेता थोरै याद गरौँ यिनको कुर्वानी तिमी ले,
मन्त्री बनाए र उनैले राजधानीमा मकान दिए।
॥१॥
सहिदले दिएको बलिदान न भुलौं,
असल यो बिधिको बिधान न भुलौं।
पहिलो सहिद लखन थापा भन्छन्,
देश जनता प्रतिका उखान न भुलौँ।
दशरथ,गंगालाल,धर्मभक्त ,शुक्रराज
हुँन हाम्रो स्वतन्त्रताकै परान नभुलौँ।
सहिद कुनै पार्टीको हुँदैन देशका हुँन,
राष्ट्रले गर्छ सहिदलाई सम्मान नभुलौँ।
खोज्नु पर्छ उनिहरूका योगदान यहाँ,
लगाए उन्को नाउमा दोकान न भुलौँ।
खबरदार छ सहिदको अपमान नगरौँ,
पक्ष विपक्षलाई गर्न आवहान न भुलौँ।
ए जनताहरू सहिदको गरौँ सम्मान,
सहिद पराण देशकै हुँन शान न भुलौँ।
सुरेशकुमार पाण्डे
































