भारतको दिल्लीमा भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट

Image
Nisarga Hospital

भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

CP Hospital Dhangadhi

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो । आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

Attariya Hospital

आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।

nawajiwan