कोठामा आगो बालेर सुत्दा निस्सासिएर डडेल्धुरामा सासू-बुहारीको ज्यान गयो

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

डडेल्धुरा : डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

CP Hospital Dhangadhi

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए । उनका अनुसार मृतक दुबै सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

Dhnagadhi & Krishanapur