बैतडीको पाटन-३ धुरामा जिप दुर्घटनामाः दुई जना घाइते

Image
Nisarga Hospital

बैतडीमा जिप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्। घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।

खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ। घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ। जिप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

Dhnagadhi & Krishanapur