
बैतडी: जिल्लाको सिगासमा स्वास्थ्य शिविर संचालन हुने भएको छ।गाउँपालिकाको वडा नं.०९ चौखाम गन्सुर स्वास्थ्य चौकीको भवनमा शिविर संचालन हुने भएको हो।

सिगास गाउँपालिकाको आयोजनामा संचालन हुने शिविरमा प्रजनन रुग्णताको एकिकृत नि:शुल्क परिक्षण, पहिचान-प्रारम्भिक व्यवस्थापन,गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड सेवा र स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत प्रदान गरिने गाउँपालिकाको सुचनमा जनाइएको छ।
गाउँपालिकाले निकालेको एक सुचनामा २०८०-१०-२५ गते चौखाम स्वास्थ्य चौकी ०९ गन्सुरमा लाग्ने स्वास्थ्य शिविरमा सेवा लिन सेवाग्राहीलाई अनुरोध समेत गरिएको छ।







































