
बैतडी: मनमाेहन मेमाेरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैट खेल्ने बैतडीका खेलाडीकाे बिदाई गरिएको छ। बैतडी जिल्ला क्रिकेट संघले धनगढीमा हुने बन्द प्रशिक्षणका लागि छनाैट भएका खेलाडीकाे बिदाई गरेको हाे।

बन्द प्रशिक्षणका लागि छनाैट भएका खेलाडीमा विक्रम बाेहरा,कल्पेश चन्द,सन्ताेष चन्द, अमर चन्द,लखन थापा,निखिल चन्द र सचिन भट्ट रहेका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो । बैतडी जिल्ला क्रिकेट संघले माघ दाेस्राे साता छनाैट प्रतियोगिता सञ्चालन गरेकाे र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनाैट गरि पठाएको हाे।
छनाैट भएका खेलाडी मंगलबारदेखि धनगढीमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।




धनगढीमा ३ दिनसम्म बन्द प्रशिक्षण सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मनमाेहन कप खेल्न जाने सुदूरपश्चिमकाे टाेलीमा पर्नेछन् ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल किकेट संघ (क्यान) को समन्वयमा तेस्रो संस्करणको मनमाेहन कप माघ २८ देखि फागुन ६ गते सम्म कास्कीको पोखरा रंगशालामा हुदैछ ।


































