
धनगढी ः नेपाली कांग्रेसका सह-महामन्त्री तथा बाजुरा जिल्लाबाट निवार्चीत माननिय बद्रि पाण्डेले छैठौं साँफेबगर महोत्सवको उद्धाटन गर्ने छन । शुक्रबार बिहान ११ बजे महोत्सवको उद्धाटन कार्यक्रम रहेको आयोजक लायन्स क्लव अफ साँफेबगर अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले बताए ।
“स्थानिय उत्पादन,कला,संस्कृति,खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि” भन्ने मुल नाराका साथ भोली (शुक्रबार) देखि साँफेबगरमा सञ्चालन हुदैछ । बयालपाटा अस्पतालमा बल्ड बैकं स्थापनाका लागी लायन्स क्लव अफ साँफेबगरले महोत्सवको आयोजना गरेको हो । महोत्सव माघ २६ गते देखि फाल्गुन ५ गते सम्म साँफेबगरको निर्माणाधिन बसपार्कमा सञ्चालन हुने र तयारी समेत पुरा भईसकेको आयोजकले जनाएको छ ।

































