
बैतडी:

बैतडीको सिगास गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा लिएका छन् । सिगास गाउँपालिकाको आयोजनामा वडा नम्बर ६, ७, ८ र ९ का स्थानीयहरुले सेवा लिएका सिगास गाउँपालिकाले जनाएको छ ।
नि:शुल्क प्रजनन् रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धीत स्वास्थ्य शिविरबाट सो सेवा लिएका जनस्वास्थ्य निरीक्षक भिम सिंह ऐरले जानकारी दिनुभएको छ ।




माघ १९ गते थलाकाँडा स्वास्थ्य चौकी, २१ गते आधारभूत स्वास्थ्य केन्द्र न्वाघर, २३ गते स्वास्थ्य चौकी शिवलिङ्ग, २५ गते स्वास्थ्य चौकी चौखाममा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
निशुल्क स्वास्थ शिविर बाट पालिकाको वडा नम्बर ६ को थलकाडा स्वास्थ्य चौकीबाट ७५ जना, वडा नम्बर ७ को आधारभुत स्वास्थ्य सेवा केन्द्र न्वाघरबाट ८५ जना, ८ को शिवलिङ् स्वास्थ्य चौकीबाट ९०, र वडा नम्बर ९ को चौखाम स्वास्थ्य चौकीबाट ७० जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक भिम सिह ऐरले जानकारी दिए ।
गाउँका अधिकांश महिलाहरु न्युन आर्थिक अवस्था र स्वास्थ्य संस्था भन्दा टाढा रहेका कारण रोग लुकाएर बस्न बाध्य रहेका र शिविरहरुमा अधिकांश महिलाहरुमा पाठेघार खस्न, प्रजनन् स्वास्थ्यमा रोगको संक्रमण भएका जस्ता समस्या भेटिएको कार्यक्रम संयोजक ऐरले बताए ।
उक्त शिविरमा प्रजनन् रुग्णता, स्तन क्यानसरको स्क्रिनिङ, अव्स्टेट्रीक फिस्टुला स्क्रनिङ, पाठेघर खसेका महिलाहरुको पहिचना तथा रिंग पेसरी, पाठेघरको मुखको क्यान्सरको स्क्रनिङ लगायत, गर्भवति महिलाहरुका लागि अल्ट्रासाउन्ड, बृहत स्वास्थ्य शिक्षा र परामर्श सेवा प्रदान गरिएको थियो ।


































