
बैतडी: बैतडीको सिगास गाउँपालिकाका एक किसानका चितुवाले एक रातमा १५ बाख्रा मारेको छ । गाउँपालिकाको वडा नं. ५ ढुङ्गाड गजेलीभ्वाँका लाल बहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको जनाइएको छ ।

लाल बहादुर धामीले सञ्चालन गरेको मिलन बाख्रा फर्ममा हिजो बिहीबार राति चितुवा पसेर बाख्रा मारेको खबर प्राप्त भएको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बीरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार रातीको समयमा बाख्राको खोर तोडेर चितुवाले ८ वटा खसी, ३ वटा बाख्रा मारेको एवम् तीन वटा बाख्रा बेपत्ता रहेको जानकारी दिए ।




बाख्रा मारेपछि धामीलाई ७ लाख बढीको आर्थिक क्षति भएको अनुमान गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।


































