
धनगढी: नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन् । एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

महरसँगै सिराज अहमत फारुकी दुवै जनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बझाङ घर भएका महरको एक युवतीको अडिओलाई लिएर एमालेको मेची–महाकाली अभियानमा जुटेका शीर्ष नेताहरूबीच मुखामुख हुन थाल्यो । महर समेत उक्त अभियानमा जोडिन बझाङबाट जोडिएका थिए ।
तर, अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका महरबारे लामो समय पार्टी नेतृत्व मौन रह्यो । एमाले र माओवादी एकताका बेला अनेरास्ववियुका अध्यक्ष बनेका उनी त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए । एमालेको अभियान चलेकै बेला बाहिरिएको उक्त विवादित अडिओले पार्टी राजनीतिमा उचाइ लिइरहेका महरलाई नराम्रो झट्का दिएको छ ।

उक्त अडिओपछि सुदूरपश्चिम क्षेत्रमा अर्को भिडिओ पनि भाइरल हुन पुग्यो । एकजना नेतृसँगको भनिएको उक्त भिडिओका पात्र को थिए भन्ने आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन । तर भिडिओका पुरुष पात्र पनि उनै महर भएको रिपोर्टिङ एमाले केन्द्रमा पुगेको एकजना नेताले बताएका छन् ।

अडिओ महरकै भए पनि उक्त भिडिओ उनकै हो भन्ने एकीन नभएको तर त्यसलाई लिएर पनि एमाले नेताहरूबीच छलफल भएको स्रोतको भनाइ छ । बिहीबार च्यासलमा एमाले सचिवालय बैठक बसेको थियो । जहाँ उनै विवादित पृष्ठभूमिका महर र सिराज अहमद फारूकीको राजीनामा स्वीकृत गरिएको हो । तर एमालेले महरको राजीनामाको कारणबारे मौनता साँधेको छ । दुवैजनाले राजीनामा दिएको पुष्टि गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कारण भने खुलाउन चाहेनन् । केन्द्रीय सदस्यबाट राजीनामा दिएका ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अबको अभियान पार्टी शुद्धिकरण, त्यसको लागी संघर्ष र रुपान्तरण, नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम’
ऐन उनै नेता हुन्, जो एमालेभित्र विवादित र उत्तिकै लोकप्रिय पनि मानिन्छन् । स्रोतका अनुसार युवाहरुको जमादको कमान्डर मानिने ऐन एक वर्षदेखि परस्त्रीसँगको अवैध सम्बन्धलाई लिएर तनावमा थिए । त्यसकै कारण उनले कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट पनि राजीनामा दिएको बताइन्छ । उनको राजीनामा स्वीकृत समेत भैसकेको एमालेले जनाएको छ । ऐन एमालेको १० औँ महाधिवेशनपछि २०७८ मंसिरमा मनोनित १० प्रतिशत केन्द्रीय सदस्यमध्येका एक हुन् । अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ऐन एमाले र माओवादी एकताका बेला (नेकपाकालमा) अनेरास्ववियुका अध्यक्ष बनेर त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए ।
त्यसपछि उनी एमालेको केन्द्रिय सदस्य हुँदै २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार समेत बने । तर एमाले छाडेर एकीकृत समाजवादीमा गएका भानुभक्त जोशीसँग उनी झिनो मतले पराजित भएका थिए । किन राजीनामा ? यौन विचलनको आरोप लागेपछि उनले राजीनामा दिन लगाइएको बताइएको छ । एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका महर अहिले गृहजिल्ला बझाङमै छन् । उनका निकटस्थहरूका अनुसार अहिले पनि उनी पार्टी काममै सक्रिय छन् । गत मंसिरमा एउटा परस्त्रीसँगको अडिओ बाहिरिएपछि महरले आफ्नो आवाज नभएको जिकिर गरेका थिए । आफ्नो नाम जोडेर आएको अडिओलाई फेक भनेका उनले कानुनी उपचार खोज्ने पनि बताएका थिए । सोही अडिओका कारण अहिले यो सबै भएको बुझिएको छ ।































