आज नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच प्रतिस्पर्धा हुँदै

Image
Nisarga Hospital

नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच आज  प्रतिस्पर्धा हुँदैछ। तीन खेलको एक दिवसीय अभ्यास खेल अन्तर्गत आज नेपाल ए र क्यानडा-११ बीच पहिलो खेल हुन लागेको हो।

CP Hospital Dhangadhi

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार व्यहोरेको थियो ।

नेपाल ए र क्यानडा ११ बीचको पहिलो खेल आज बिहान ९ : ३० मा माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन् । प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो । नेपाल ए मा राम्रो प्रदर्शन गर्ने खेलाडी सिनियर टोलीमा पर्नेछन् । सिनियर टोलीको ब्याकअप हो । पहिलो पटक आधिकारिक रुपमा नेपाल ए टोली बनेको पनि हो ।

Dhnagadhi & Krishanapur