त्रिभुवन विश्वविद्यालयको उपकुलपति : बराल, धमला र बुढाथोकीको सिफारिश

Image
Nisarga Hospital

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उपकुलपति सिफारिश समितिले ३ जनाको नाम सिफारिश गरेको छ। उपकुलपतिका लागि सूचीमा परेकाहरूको अन्तरवार्ता सकिएलगत्तै आइतवार बसेको सिफारिश समितिको बैठकले केशरजंग बराल, चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिश गरेको हो।

CP Hospital Dhangadhi

सिफारिश समितिका एक सदस्यका अनुसार उपकुलपतिका लागि बराल, बुढाथोकी र धमलाको नाम सिफारिश गरिएको छ। उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो।

समितिले तीमध्ये एकजनाको आवेदन अस्वीकृत गरेको थियो भने १४ जनाको सूची तयार पारेको थियो। सूचीमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur