डीएसपी हुँ भन्दै मधेसी युवालाई थर्काउने कैलालीका एक जना पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ रहेका छन्। शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा श्रेष्ठले, ‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैनरु मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् रुआइडी हेर्छस् डीएसपीको रु लगेर थुन्दिऊँ ?’ भन्दै धम्काएको देखिन्छ।

CP Hospital Dhangadhi

त्यो घटनापछि गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ दरबारमार्ग प्रहरीले जनाएको छ। पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त घटना लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी भएको थियो। ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए। प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए।

Dhnagadhi & Krishanapur