पर्षाको वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Image
Nisarga Hospital

बीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका केही क्षेत्रमा सोमबार बेलुका पाँच बजे देखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

CP Hospital Dhangadhi

रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार दुई पक्षबिच भएको विवाद र झडपको विषयलाई लिएर सोमबार वीरगन्जमा विरोध प्रदर्शन भएको थियो। सोही प्रदर्शन र जुलुसका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क), बमोजिम जारी आदेशमा भनिएको छ ‘वीरगन्ज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०\११\०७ गते बेलुका ०५ : ०० बजे देखि अर्को आदेश नभए सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आदेश अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना) पश्चिममा-तिलावे पुल उत्तरमा-परवानीपुर पर्सा दक्षिणमा-मित्तेरीपुल (भन्सार क्षेत्र) मा कर्फ्यु जारी गरिएको हो।

Dhnagadhi & Krishanapur