
अत्तरियाः लामो समय देखि चितवन मेडिकल कलेजमा उपचार गराई रहेका शैल्यशिखर नगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष जगदिश सिंह धामीलाई छिमेकी पालिका मालिकार्जुन गाउँपालिकाले तीस हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष धामी विगत लामो समय देखि मेरुदण्मा समस्या भई चितवन मेडिकल कलेजमा उपचार गराईरहेका थिए । वडाध्यक्ष धामीको उपचारमा करिब चालिस लाख बढि रकम खर्च भई उपचारमा आर्थिक समस्या भए पछि मालिकार्जुन गाउँपालिकाले पनि फागुन -४ गते बसेको कार्यपालिका बेठकले आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनु भयो ।
वडाध्यक्ष धामीको उपचारका लागि आफुहरूले थोरै भए पनि सहयोग गर्ने जमर्को गरेको र उहाँ अहिले आर्थिक समस्यामा रहेको थाहा पाए पछि आफुहरूले छिमेकी पालिका भए पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनु भयो ।


अरू पालिकालाई पनि सहयोग गर्न अनुरोधः
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले अहिले जगदिश सिंह धामीलाई परेको समस्या भोलीका दिन जो सुकैलाई पनि पर्न सक्ने र आफुले सक्दो सहयोग गर्नु मानवीय नैतिक धर्म भएकोले दार्चुला जिल्लाका अन्य स्थानीय तहहरूलाई पनि वडाध्यक्ष धामीको दुखमा हातेमालो गर्न र आर्थिक सहयोग गरिदिन समेत अनुरोध गर्नु भएको छ ।






























