डोटीका पुष्करको बलिवडमा सफलता : करन जोहरको फिल्म योद्धा निर्देशन

Image
Nisarga Hospital

सागर जोशी: बलिउड अभिनेता सिद्वार्थ मल्होत्रा अभिनीत फिल्म ‘योद्धा’ को टिजर सार्वजनिक भए सँगै यतिबेला सुदुर पश्चिम धनगढीका पुष्कर ओझा को पनि चर्चा चुलिन थालेको छ । उनले यस चलचित्र निर्देशन गरेका छन् ।

CP Hospital Dhangadhi

यस फिल्ममा सिद्धार्थसँगै राशि खन्ना र दिशा पाटनीको अभिनय छ । सिद्धार्थ र दिशाले पहिलोपटक एकसाथ काम गरेका हुन्। पुस्कर सँगै सागर अम्बरेले पनि निर्देशनमा साथ दिएका छन् ।

धर्मा प्रडक्सनको व्यानरमा बनेको चलचित्रको टिजर आए सँगै पुष्करको काम लाई लिएर यतिबेला नेपालमा चर्चा हुन थालेको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पुर्ख्यौली घर डोटी भई लामो समय देखि भारतमा बस्दै आएका पुष्करले यस अघि पठान, वार,किक सत्याग्रह जस्ता चलचित्रमा सहायक निर्देशक बनेर काम गरिसकेका छन् ।

योद्धा बलीवडको ठूलो प्रोडक्सन कम्पनी धर्माको लगानीमा बनेको चलचित्र हो । करन जोहरको चलचित्र भन्ने बितिकै धेरैले बहु प्रतिष्ठीत चलचित्रको रुपमा हेरेका छन् ।

सोमबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक प्लेन हाईज्याक गरेको देख्न सकिन्छ।

केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो। दुबईमा प्लेनबाट १३ हजार फिटको उचाइबाट पोस्टर सार्वजनिक गरेर फिल्मले नयाँ रेकर्ड राखेको छ।

Dhnagadhi & Krishanapur