कार्यसम्पादन मूल्यांकनमा बैतडीको सिगास गाउँपालिका छैठौँ स्थानमा

Image
Nisarga Hospital

बैतडी: आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बैतडीमा उत्कृष्ट पुर्चाैडी नगरपालिका रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको पुर्चाैडी नगरपालिका १० स्थानीय तहमध्ये उत्कृष्ट रहेको देखिएको छ भने डिलासैनी गाउँपालिका पुछारमा रहेको छ ।

CP Hospital Dhangadhi

आयोगले सार्वजनिक गरेको विवरणअनुसार पुर्चाैडी ३८.५३ प्रतिशत अंक पाएको छ ।

दोस्रो स्थानमा रहेको मेलौली नगरपालिकाले मेलौली २९.९४ प्रतिशत अंक पाएको छ ।‌

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तेस्रो स्थानमा रहेको सुर्नया गाउँपालिकाले २७.५९ प्रतिशत अंक पाएको छ ।

चौथो स्थानमा रहेको पाटन नगरपालिकाले २७. ६९ प्रतिशत अंक पाएको छ ।

पाँचौँ स्थानमा रहेको शिवनाथ गाउँपालिकाले २६.९७ प्रतिशत अंक पाएको छ ‌।

छेैठौँ स्थानमा रहेको सिगास गाउँपालिकाले २५.७४ प्रतिशत अंक पाएको छ ।

सातौँ स्थानमा रहेको दशरथचन्द नगरपालिकाले २५.४९ अंक पाएको छ ।

आठौँ स्थानमा रहेको पञ्चेश्वर गाउँपालिकाले २५.०२ अंक पाएको छ ।

नवौँ स्थानमा रहेको दोगडाकेदार गाउँपालिकाले २३.२७ प्रतिशत अंक प्राप्त गरेको छ ।

भने पुछारमा अर्थात् दशौं स्थानमा रहेको डिलासैनी गाउँपालिकाले २१.३० प्रतिशत अंक प्राप्त गरेको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।

Dhnagadhi & Krishanapur