
दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीहरूलाई नगद पुरस्कार दिने भएको छ ।

गाउँपालिकाले एकल इभेन्ट तर्फ स्वर्ण पदक विजेता खेलाडीलाई पाच हजार रूपैयाँ रजत पदक विजेता खेलाडीलाई तीन हजार रूपैयाँ र कास्य पदक विजेता खेलाडीलाई दुई हजार रूपैयाँ नगद पुरस्कार वितरण गर्ने र सामुहिक इभेन्ट तर्फ स्वर्ण,रजत र कास्य पदक विजेता खेलाडीहरूलाई क्रमश दश हजार,आठ हजार र पाँच हजार रूपैया नगद पुरस्कार दिएर खेलाडीहरूलाई प्रोत्साहन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

खेलाडीहरूलाई खेलप्रति प्रोत्साहित गर्न र खेल विधालाई सम्मान गर्ने प्रयाश स्वरूप थोरै भए पनि नगद पुरस्कार दिएरै खेलाडीहरूको सम्मान गर्ने जमर्को गरिएको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनु भयो ।

जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा मालिकार्जुन गाउँपालिकाका खेलाडीहरूले एथ्लेटिक्स तर्फ जिल्लामै प्रथम र अन्य विधामा द्वितीय स्थान हासिल गरेको थिए ।






























