बैतडीमा दाेस्राेपटक हिमपात

Image
Nisarga Hospital

बैतडीः बैतडीका राजमार्गमा हिमपात भएकाे छ। दशरथचन्द र जयपृथ्वी राजमार्गमा बिहीबार दिउँसो हिमपात भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे। राजमार्गका खाेडपे,अनारखाेली, हरिचन, दुदिलाखान, ढाेल्यामाेड, बित्थडलगायतका स्थानमा हिमपात भएकाे हाे।

CP Hospital Dhangadhi

हिमपातका कारण केहिबेर राजमार्ग अवरुद्ध भएपनि अहिले भने सुचारू रहेका ट्राफिक प्रहरी पाेष्ट खाेडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयाे।

यसैबीच हिमपात भएसंगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् ।
हिमपातले चिसो भने बढेकाे छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

चिसाेकाे समयमा ताताे झाेलिलाे कुरा सेवन गर्न र न्यानाे लुगा लगाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ।
बैतडीमा दाेस्राेपटक हिमपात भएकाे हाे । यसअघि माघ १८ गते पनि हिमपात भएको थियो ।

Dhnagadhi & Krishanapur