लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार

Image
Nisarga Hospital

कपिलवस्तु: हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ।

CP Hospital Dhangadhi

सोही सन्दर्भमा आज नेपालको कपिलवस्तु जिल्लाको कृष्णनगरमा बैठक बसेको थियो। कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए। प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली रहेका थिए।

कार्यक्रममा बोल्दै मौलाना मशहूदले नेपाल सरकारले मोलवी (कक्षा १०) आलिम (कक्षा १२) सम्मको समकक्षता दिएको। नेपालको बार्डर संग जुडेको भारतको मदरसा (विद्यालय) हरूमा परीक्षा केन्द्र बनाएको तथा नेपालका विद्यार्थी हरू परीक्षा दिन गएको बताउदै उत्तर प्रदेश सरकार, यूपी मदरसा बोर्डका चेयरमैन इफतखार अहमद खान, निर्देशक डा. प्रियंका अवस्थी, उप निर्देशक विजय प्रताप यादव, आल्पसंख्यक अधिकारी सिद्धार्थनगरका तनमय पाण्डेय लगायत लाई धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थी हरू लाई मदरसा बोर्डको परीक्षामा सामेल गराएको प्रति हार्दिक आभार समेत व्यक्त गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कार्यक्रममा बोल्दै इन्तेखार अहमद खाले असातुल स्लाम बढ्नी, खदिजुतुल कुबरा गर्ल्स कालेज मधवापुर, जामिया अहले सुन्नत फैजे मुस्तफा सिद्धार्थनगर, अरबिया अहले सुन्नत, दारूल उलुम अहले सुन्नत फैजे रसुल बरावसरिफ लगायतका मदरसा हरूमा रहेको परीक्षा केन्द्रका प्रमुख हरू लाई हार्दिक बधाई दिए।
सोही अवसरमा डा. सहाबुद्दीन मदनी‌ मुबारकबाद दिदै हामी सबै मदरसा बोर्ड र अल्पसंख्यक मुस्लिम समुदायका लागि सधै सम्मान रहने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष अरस असलम खाले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिको कार्य सराहनीय रहेको साथै भारतको मदरसा बोर्डमा नेपाली विद्यार्थी सामेल गराउने कार्य प्रशंसनीय रहेको बताए।

कार्यक्रममा खतिजुल कुबराका जिम्मेदार मोहम्द लाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा जामिया सिराजुल उलुम मदरसाका प्रोफेसर डा. सहाबुद्दीन मदनी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मदरसा जैदबीन सावितका प्रधानाध्यापक तारिक रियाज, जामा मस्जिद सिराजुल उलुमका इमाम अब्दुल मतिन, कैफ खान, अब्दुल कादिर, इकरार खान, नियाज देवबन्दी, शहबाज़ खान, ओयस बेग लगायतको सहभागिता रहेको थियो।

Dhnagadhi & Krishanapur