अभिनेत्री रेखा थापा आमा बनिन्

Image
Nisarga Hospital

अत्तरिया : लोकप्रिय नायिका तथा अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा छोरीसहितको फोटो सार्वजनिक गर्दै उनले यसबारे जानकारी गराएकी हुन्।

CP Hospital Dhangadhi

उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन्। छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी रहेको छ। उनले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादीँको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी।’

रेखाले २०७८ सालमा जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। नेपाली सिनेमा जगत्‌की लोकप्रिय अभिनेत्री रेखा थापा केही महिनाअघि अमेरिका पुगेकी हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur