अछामको मेल्लेखमा घरमा आगलागी हुँदा एक जना जलेर घाइते

Image
Nisarga Hospital

अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन्। मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा  उनी जलेर घाइते भएका हुन्। आगो निभाउने क्रममा साउद जलेर घाइते भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्नलगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किन गई आज बिहान १० बजेतिर आगलागी भएको हो।

Dhnagadhi & Krishanapur