
दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आफ्नो पालिका भरिका नागरिकहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रत्येक वडाहरूमा घुम्ति सेवा संचालन गरेको छ । गाउँपालिकाले आज वडा नम्बर ६ बाट घुम्तिसेवा कार्यक्रमको शुभारम्भ गरेको छ ।


पालिकाले प्रवाह गर्ने घुम्तिसेवामा सामाजिक सुरक्षा भत्ता वितरण, डाक्टर सहितको स्वास्थ्य शिविर संचालन र चालु योजना तथा कार्यक्रमहरुको अनुगमन गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनु भएको छ।
आज संचालन गरिएको घुम्तिसेवा बाट १९ जनालाई सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिएको र ७३ जनालाई स्वास्थ्य परिक्षण परामर्श तथा औषधि वितरण गरिएको र वडामा संचालित योजनाहरूको अनुगमन समेत गरिएको उपाध्यक्ष धामीले बताउनु भयो ।
गाउँपालिकाको घुम्ति सेवा अन्तर्गत भोली वडा नम्बर ५ मा सेवा प्रदान गरिने र लगत्तै अन्य वडाहरूमा पनि सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सबै वडामा बैङ्किङ सुविधा नभएको र पालिकाको केन्द्रमा मात्रै बैङ्क रहेकोले लाभग्राहीको सहजताका लागि वडामै गएर सामाजिक सुरक्षा भुक्तानी दिने काम गर्दै आएको छ ।































