
दार्चुलाः मालिकार्जुन गाउपालिकाले सोही गाउँपालिकाको वडा नम्बर-३ मा रहेको मालिकार्जुन मन्दिरलाई २० थान ब्याल्याङ्केट (कम्बल) हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले अध्यक्ष हिरा सिंह धामीले मालिकार्जुन मन्दिर विकास समितीका सचिव जनक सिह धामीलाई उक्त ब्यालाङ्केट (कम्बल)हस्तान्तरण गरेका हुन ।

मालिकार्जुन मन्दिरमा रात्रीकालिन समयमा आरती र भजन कृतनका लागि आउने श्रद्धालु भक्तजनहरूलाई बास बस्न सहज होस भन्ने हिसाबले उक्त सहयोग गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनु भएको छ ।

मालिकार्जुन मन्दिरमा आउने भक्तजनहरूका लागि मन्दिरले लामो समय देखि आवासीय सुविधाको व्यवस्था गरेको छ ।
गाउँपालिकाले गरेको उक्त सहयोगले राष्ट्रको सातौ धामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा रात्रीकालिन भजन कृतनका लागि आउने भक्तजनहरूलाई बास बस्नका लागि सहजता हुनेछ ।






























