टी-२० सिरिजअन्तर्गत नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित, नामिबियालाई ५९ रनले पराजित

Image
Nisarga Hospital

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ।

CP Hospital Dhangadhi

पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो ।

नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

सिरिजमा नेदरल्यान्डले लगातार दुई खेलमा जित निकालेको छ। नामिबियलाे भने एक खेल हार्दा एक खेलमा जित हात पारेको छ। दुवैले घरेलु टिम नेपाललाई पराजित गरेका थिए। सिरिजमा नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

Dhnagadhi & Krishanapur