दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमालेको दोस्रो पालिका अधिवेसन सम्पन्न

Image
Nisarga Hospital

दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमाले जिल्ला इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच उद्घाटन भएको अधिवेसनबाट धर्मानन्द मन्याल (डिएन घाजिरेल) को अध्यक्षतामा कमिटी चयन गर्दै सम्पन्न भएको एमाले दार्चुलाका सचिव उमेश जोशीले बताउनुभयो ।

CP Hospital Dhangadhi
Attariya Hospital

अधिवेसनको बन्द सत्रबाट धर्मानन्द मन्याल अध्यक्ष, भरतसिंह धामी उपाध्यक्ष, नरेन्द्र कार्की सचिव, बिक्रम धामी र कोपिला कार्की उपसचिव निर्वाचित भएको नेकपा एमाले दार्चुलाले जनाएको छ । अधिवेसनमा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको आतिथ्यता रहेको थियो ।

nawajiwan