धनगढी प्यावशन कपको उपाधी एरिस्टो माविलाई

Image
Nisarga Hospital

धनगढी : धनगढी प्यावशन कपको उपाधी एरिस्टो माध्यमिक बिद्यालयले हात पारेको छ । उपमहानगर भित्रका सम्पूर्ण प्याब्सन अन्तर्गतका विद्यालयहरुको सहभागिता रहेको नगरस्तरीय प्याब्सन कपको उपाधी एरिष्टो माध्यमिक विद्यालयले हात पारेको हो ।

CP Hospital Dhangadhi

फाल्गुन १४ देखि १७ गतेसम्म सञ्चालन भएको प्याब्सन कपमा विभिन्न विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७औं नगरस्तरीय प्याबस्न कप २०८० को उपाधी एरिष्टोले जितेको हो। चारदिनसम्म सञ्चालित उक्त प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा ९ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित अङ्क तालिकाको पहिलो स्थानमा एरिष्टोले आफ्नो नाम दर्ज गराएको हो।

छात्रा कबड्डीतर्फ र हाइजम्पमा १÷१ स्वर्ण , १०० मिटर दौडमा २ स्वर्ण ,छात्रा जुनियर ५० मिटर दौडमा १ स्वर्ण, लङजम्पमा १ स्वर्ण, ज्वाब्लिङ थ्रो १ स्वर्ण, छात्रतर्फको ५० मिटर दौडमा एक स्वर्ण र छात्रातर्फ हस्तलेखनमा एरिष्टोले थप एक स्वर्ण जितेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैगरी,सर्टपुट छात्रातर्फ १ रजत, मिठाई दौडमा १ रजत, छात्रतर्फ बोरा दौडमा १ रजत, सर्टपुटतर्फ १ कास्य पदक, २०० मिटर दौडमा छात्रतर्फ १ कास्य पदक, निबन्ध लेखनमा छात्रतर्फ १ कास्य, जुनियर लङजम्प छात्रतर्फ १ कास्य, वादविवाद प्रतियोगितामा छात्रातर्फ १ कास्य पदक हासिल गर्दै एरिष्टोले उपाधि जितेको हो।

Dhnagadhi & Krishanapur