दार्चुलाको सदरमुकाम खलंगामा एक बृद्ध मृत फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

दार्चुला: दार्चुलामा एक बृद्ध मृत फेला परेका छन् । दार्चुला सदरमुकाम खलंगा स्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन् ।

CP Hospital Dhangadhi

महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur