टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दै

Image
Nisarga Hospital

त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।

CP Hospital Dhangadhi

नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ । यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो ।

नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ। नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ। शुक्रबार नामिबियाविरूद्ध अनिल साह र आशिफ शेखले ओपनिङ गरेका थिए। कुशल भूर्तेललाई बेञ्चमा राखिएको थियो।

Dhnagadhi & Krishanapur