
त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।

शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।
तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।
अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ।







































