नेपाली सुपरस्टार विराज भट्टको फिल्म ‘१२ गाउँ’ मा कनिज कोइराला अनुबन्धित

Image
Nisarga Hospital

एक्सन स्टार विराज भट्टले आफ्नो महत्त्वाकांक्षी होम प्रोडक्सन ‘१२ गाउँ’ को खलनायकमा कनिज कोइरालाई अनुबन्धित गरेका छन्। कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल(२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन्।

CP Hospital Dhangadhi

नेपाली सिनेमाका लागि नयाँ भए पनि उनले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ सिनेमामा खलनायकको भूमिकामा काम गरिसकेका छन्। यसका अलावा उनले अभिनेता विराजसँग भोजपुरी सिनेमामा ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन्।

कनिजको ‘१२ गाउँ’ भने दोस्रो नेपाली सिनेमा हुनेछ। यसै साता यो सिनेमाको नायिकामा मिस नेपाल इन्टरनेशनल(२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिएको थियो। चैतको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमामा विराज भट्टले मूख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन्।

भोजपुरी सिनेमामा बेग्लै स्थान बनाइसकेका विराजले यही सिनेमाबाट आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन्। केही समय अगाडि विराजले छोराको तस्बिर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई सिनेमा खेलाउन लालायितभएको बताइन्छ।

हाल प्रि(प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ’ ठूलो बजेटमा तयार हुनेछ। सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन्। सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन्।

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन्। उनले यसलाईअन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन्।नेपाली सिनेमामा एक्सन भूमिकाबाटै सुपरस्टार बनेका विराज पछिल्लोसमय भोजपुरी सिनेमामा व्यस्त छन्। उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन्। ‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ।

Dhnagadhi & Krishanapur