भत्कियो सत्ता गठबन्धन: आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै

Image
Nisarga Hospital

अत्तरिया : अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

CP Hospital Dhangadhi

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।

नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ,’ स्रोतले भन्यो ।

Dhnagadhi & Krishanapur