नागरिकता बनाउन गएका युवककाे मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडी: दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा साेमबार बिहान एक युवक मृत फेला परेका छन्।

CP Hospital Dhangadhi

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशी जानकारी दिनुभयाे। आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर साेमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएकाे प्रहरीकाे अनुमान रहेकाे छ। यहाँ दुईदिनदेखि वर्षा र आइतबार रातिदेखि हिमपात भएकाे छ। मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुँवरका श्रीमतीकाे यसअघि नै मृत्युु भइसकेकाे र घरमा १ छाेरा र १ छाेरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Dhnagadhi & Krishanapur