साफ यू-१६ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि नेपालको सानदार जित

Image
Nisarga Hospital

साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ। आज च्यासल रङ्गशालामा भएको खेलमा नेपालले ३-० गोलले भुटानलाई हराएको हो। नेपालको लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले गोल गरे।

CP Hospital Dhangadhi

जारी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको छ । लिग चरणपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । हाल एक खेल खेलेको भारत तीन अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

Dhnagadhi & Krishanapur