त्रिकोणात्मक टी–२० सिरिजको फाईनलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

Image
Nisarga Hospital

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । उक्त खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो ।

CP Hospital Dhangadhi

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा हुनेछ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।

Dhnagadhi & Krishanapur