कैलालीको डिस्कभरी स्कुलले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा रहेको डिस्कभरी स्कुलले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ। सोमवार विद्यालयले फाउन्डेसनलाई २१ हजार ८० रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो।

CP Hospital Dhangadhi

विद्यालयको भर्खरै सम्पन्न १५ औं वार्षिकोत्सवको असवरमा अभिभावक र विद्यार्थीबाट संकलन भएको १९ हजार २८० र विद्यालयले थप गरेको एक हजार ८ सयसहित हुन गएको जम्मा रकमको खाद्यान्न खरिद गरी असहाय व्यक्तिको पालनपोषण गर्दै आएको दृष्टि फाउन्डेसनलाई चामल, दाल र तेलसहितका खाद्य सामग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।

उनले ११ हजार ३४० मूल्यको चामल, एक पेटी खानेतेल, तीन क्रेट अण्डा, चार पेटी चाउचाउ, आठ किलोग्राम दाल, पाँच किलोग्राम चिनी, २० वटा डेटोल साबुन, टुथपेष्ट २० वटा र एक डब्बा अमला तेल दृष्टि फाउन्डेसनलाई हस्तान्तरण गरिएको बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur