
बैतडी: कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टाेलीले विजयी शुरूवात गरेकाे छ। सुखद शुरूवात गर्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले हरायाे।

सुदूरपश्चिमले दिएकाे १७३ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १७.४ ओभरमा १३२ रनमा अलआउट भयाे। उसका दीपक डुम्रेले सर्वाधिक ४० रनकाे याेगदान गरे। सुदूरका लागि कप्तान हेमन्त धामीले ३,शेर,मल्ल,नरेन साउद र नारायण जाेशीले २/२ विकेट हात पारे।
त्यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १७२ रन बनायाे । जसमा नरेन भट्टले अविजित ६२, किरन ठगुन्नाले अविजित ५३ र खडक बाेहराले ४१ रन जाेडे। गण्डकीका लागि अमृत गुरूङ र सन्दीप क्षेत्रीले १/१ विकेट हात पारे। सुदूरपश्चिमका नरेन भट्ट म्यान अफ द म्याच घाेषित भए।




क्रिकेट संघ मोरङको आयोजनामा आजदेखि शुरू भएकाे प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहेकाे छ।
चैत ३ गतेसम्म चल्ने प्रतियोगिताकाे उपाधि विजेताले ट्रफीसहित ५ र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने जनाइएको छ।



































