
बैतडी: बैतडी प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सामानहरू धमाधम बरामद गरिरहेकाे छ। एक हप्ताकाे अवधिमा भारतबाट भन्सार छली गरि अवैध रूपमा ल्याइएको ३० लाख बढीको सामानसहित ३ जना पक्राउ परेका छन् । बुधबार जिल्लाकाे मेलाैली नगरपालिका ३ लामालेक क्षेत्रबाट १९ लाख ८ हजार ४४० मूल्यबराबर सामान,ट्रक र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा से १ ख २०१४ नम्बरका ट्रक चालक समेत रहेका बैतडीको पाटन नगरपालिका ८ घर भएका गणेश मडै रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे।
अवैध रूपमा भन्सार छली गरेर तल्लाेस्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेकाे विषेश सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे हाे । बरामद गरिएको सामानमा बिडी , चिनी ,खानेतेल,मिश्री,चप्पल,प्याज,मिठाइलगायतका अन्य खाद्यान्न सामग्री रहेका छन्।
बरामद गरिएको सामान र ट्रकलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय,धनगढी पठाइएकाे छ। यसअघि मंगलबार पनि जिल्लाकाे दाेगडाकेदार गाउँपालिका ७ खाेचलेकबाट जीपमा लैजादै गरेकाे १० लाख ५७ हजार बराबरकाे सामानसहित २जनालाई पक्राउ गरिएको थियाे।




बझाङकाे बुङगल नगरपालिका ११ पातलका से १ ज ७१८ नम्बरका जीप चालक ३४ वर्षीय वीरबहादुर बाेहरा र सहचालक साेही ठाउँका २४ वर्षीय पुष्कर बहादुर बाेहरालाई समातेको हाे।
१६३२ वन्डल बिडी,१२६ जाेर चप्पल रहेकाे छ। सामान ओसारपसार भइरहेकाे भन्ने बिषेश सूचनाको आधारमा प्रहरीले जीपसहित दुबैजनालाई समातेको जनाएको छ।
प्रहरीले उक्त सामानकाे मूल्य २लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयाेग भएको ८ लाख बराबरकाे जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।
यसअघि सदरमुकाम क्षेत्रबाट फागुन १८ गतेपनि ४७ हजारकाे अवैध सामान बरामद गरिएको थियोे ।



































