
एकदिन एउटा हल गोरुले
सबैको ठुलो खेत जोति दिन्छ
गोरुलाइ सबैले आहा भन्छन्
कुडो, गुड ,धुलोपानी दिन्छन्
गोरुलाइ नुहाइ समेत दिन्छन्

भोलि देखि गोरु जंगलमा
मजाले घाँस चर्न थाल्छन्
केहिदिन पछि मकै उम्रीन्छ
चोरबाला आउने समय हुन्छ
त्यही हल गोरुले मकै जत्ती
मौका हेरेर जंगलमा चर्न छोडी
सर खाएर सबै सखाप पारिदिन्छ
किसानहरु हेरेका हेरेइ
पारस भट्ट “प्यासी “
सुदुरपश्चिम बैतडी





























