
केही प्रेम बिहानको छ पलको संस्कारको हुन्छ रे ।
केही प्रेम हिमालको र वनको जीवात्मको हुन्छ रे ।।
केही प्रेम नदी र ताल छहरा यो धर्तिको हुन्छ रे ।
केही प्रेम धरा सदै पवनमा शौन्दर्यको हुन्छ रे ।।
१
केही प्रेम सुयोग्य यो कुशुमको बैसाखको हुन्छ रे ।
केही प्रेम छ यो शिला शिखरको पूर्बजको हुन्छ रे ।।
केही प्रेम उषा छ काल जगमा श्रीभानुको हुन्छ रे ।
सारै प्रेम सबै मनुश्यहरुमा आफ्न्तकै हुन्छ रे ।।
२
केही प्रेम शशी सदा पुनमको त्यो रातको हुन्छ रे ।
केही प्रेम सगै बसेर जगमा त्यो साथको हुन्छ रे ।।
केही प्रेम सदा मनै हरि लिने त्यो प्यारको हुन्छ रे ।
सारै प्रेम सदा सबै मनुजमा यो प्राण कै हुन्छ रे ।।
३
केही प्रेम छ यो मुना जगतको त्यो कोपिला फूल रे ।
केही प्रेम छ यो समस्थ जनको प्रेमीहरु हुन्छ रे ।।
केही प्रेम सदा छ जन्म घरको त्यो जन्मभूमी सदा ।
सारै प्रेम हुने छ कर्म घरको जो कर्म गर्थे सदा ।।
४
केही कर्मठ युद्धमा विजयको सत्प्रेम यो हुन्छ रे ।
आकांक्षा सव पुर्ण भै प्रगतीमा सत्भाव यो हुन्छ रे ।।
आफ्नैबाट विरक्त जो छ जगमा बैरागी त्यै हन्छ रे ।
मन्मा पीर र कष्टका बखतमा एकान्त मै रुन्छ रे ।।
५
केही पाईन लोकलाई दिन जो नौला नयां सृजना ।
केही पाईन मेटन यै हृदयका मन्का सबै तृसना ।।
खोज्छन् केवल बाच्न आज जगमा यो स्वार्थको मार्गमा ।
ज्यूदो ज्योति निभाउछन् सव यहा आशु छरी ओठमा ।।

लक्ष्मी दत भट्ट
नेपाल





























