हत्यापछि शौचालयमा फालिएको अवस्थामा भेटियो स्टाफ नर्सको शव

Image
Nisarga Hospital

विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ। नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो।

CP Hospital Dhangadhi

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालिएको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो। उनी डेरा बसेको घरभित्रै शव बरामद भएको छ।

सिरहाको फुल्काहकट्टी घर भएकी दास नोबेल नजिकै बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। घरको शौचालयमा दिउँसो १२ बजे उनको शव भेटिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नले हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपी दाहालले बताए। घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ।  हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर बाट

Dhnagadhi & Krishanapur