सुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

Image
Nisarga Hospital

प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत गरेलगत्तै दीपेश समातिएका हुन्।

पुन र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो।

बिभिन्न अनलाईनबाट साभार

Dhnagadhi & Krishanapur