पाईलट बेद उप्रेतीको सुदूरपश्चिम नेपाल पुस्तक विमोचन

Image
Nisarga Hospital

पाईलट बेद उप्रेतीको सुदूरपश्चिम नेपाल पुस्तक विमोचन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो। शनिबार क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकापर्ण गर्दै नेपाली काँग्रेसका सभापति देउवाले सो कुरा बताउनुभएको हो।

CP Hospital Dhangadhi

May be an image of 3 people, dais and text

उहाँले सुदूरपश्चिममा पर्यटकीय विकासका लागि धेरै काम हुन नसकेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रको थप अध्ययन र पहिचान गरी सुदूरपश्चिममा पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो। उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने बताउनुभयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

May be an image of 11 people, aircraft and text

कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताउनुभयो। लेखकले भन्नुभयो, “सुदूरपश्चिममा कहाँ कहाँ अनुपम सम्पदा छन् र तिनको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ। जुन कुराले विकासका लागि मार्गनिर्देश गर्ने विश्वास गरिएको छ।”

पुस्तक बिमोचन कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक ,काग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउँद , एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम बहादुर आलेमगर लगायर संचारकर्मीको उपस्थिति रहेको थियो ।

Dhnagadhi & Krishanapur