
लुतुर्के गाउँमा जन्मेका ,हुर्केका मने एकदम शान्त र शरल स्वभावका थिए ” मने हाँस्न, खेल्न, रमाउन खुबै रुचाउँथे ” न्वारनमा बाहुनले राखी दिएको नाम मनिश, माहाकान्त थियो तर उनका बुवा काजिमानले मने भनेर बोलाउँथे र साथिहरुले पनि मने भनेर बोलाउँथे !

पातलो पातलो शरीर चिटिक्क परिराख्ने, सिल्की कपाल पालेर तोरि तेल टाउकोमा हालेर कोरिबाटी गरि टाउको टलक्क टल्काइरहने गर्थे!
मने निकै मायालु थिए” स्कुल पढ्दा केटिहरुले मनेलाइ लुरे भनेर जिस्काउने गर्थे!
मने लाजले भुतुक्कै हुन्थे ,कोहिसंग पनि धेरै नजिक नहुने र धेरै बोल्न रुचाउँदैनथे स्कुलमा सधै अनुशासनमा प्रथम हुन्थे!
गाउँमा कक्षा “बार ” सम्मको मात्र स्कुल थियो”
बार पास गरेपछी बाँकी पढाइको लागि मने सहर गए सहरमा विभिन्न किसिमका मान्छे थुप्रै गाडिमोटर ठुलठुला घर” बिलडिङ” देखेपछी सबै कुराको भिडियो बनाउँथे ,
केहि दिनपछी सहरमा मनेको पनि थुप्रै सहरिया साथिहरु भैहाले,
साथिहरु संगै हिड्न बस्न थालिहाले ”
बजारमा संगै हिड्दा साथिहरुले सहर “बाटोमा ” हिडिरहेका केटिहरुलाइ आँखा लाउने आपस- आपस् मै खुसखुस गर्ने , चिमोठ्ने र “उ उ हेरे त कति राम्री “भन्ने पिछा गर्ने गरेको देख्दा मने अनौठो मान्ने र साथिहरुको मुख हेरिरहने गर्थे!
गाउँघरमा अरुको छोरिचेलिलाइ केटाहरुले त्यसरी जिस्काएको, नजिक हुन खोजेको अंगालो मारेर संगै हिडिराखेको मस्कदै ‘मस्कदै हात समाएर हिडेको कहिले देखेको थिएन!
सहरमा आफू संगै हिड्ने साथिहरुले त्यस्तो गरेको देख्दा मने छक्क पर्थे !
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी




























